दफा १८
संस्थानले गर्न नहुने काम
संस्थानले देहायको काम गर्न हुँदैनः–
(१) गुठी जग्गामा नेपाल सरकारको स्वीकृति बेगर गुठीको स्वामित्व छाडिदिने,
(२) गुठी ऐलानी जग्गा नेपाल सरकारको नीति विरुद्ध नम्बरीमा दर्ता गर्ने,
(३) संस्थानलाई नोक्सान वा राजगुठीको धर्म–कार्यमा बाधा पर्ने कुनै काम कारवाई, आर्थिक कारोबार वा अन्य व्यवस्था सम्बन्धी काम गर्ने ।